सेन्सर बोर्डको आपत्तिपछि फिल्म ‘चिट इन्डिया’ को नाम परिवर्तन

Chit

काठमाडौं । बलिउड अभिनेता इमरान हासमीको आगामी फिल्म ‘चिट इन्डिया’ विवादमा आएपछि नाम परिवर्तन गरिएको छ ।

भारतीय फिल्म सेन्सर बोर्डले आपत्ति जनाएपछि नाम परिवर्तन गरी ‘ह्वाइ चिट इन्डिया’ राखेर फिल्म रिलिज गर्ने तयारी गरिएको छ ।

फिल्म यही १८ जनवरीमा रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले टाइटल परिवर्तनबारे विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले आपत्ति जनाएपछि नाम परिवर्तन गरिएको बताएको हो । सेन्सर बोर्डका अधिकारीले पनि फिल्मको नाममा आपत्ति भएपछि परिवर्तन गर्न सुझाव दिएको स्वीकार गरेका छ्न् ।

उक्त फिल्म भारतको शैक्षणिक व्यवस्थामा आधारित रहेको बताइएको छ । निर्माण पक्ष नाम परिवर्तन गर्न तयार भएपछि फिल्म रिलिज गर्ने टुंगो लागेको हो ।

प्रतिकृया दिनुहोस