फागुन १० सम्म सर्‍यो ‘प्रेमलीला’ को प्रदर्शनको मिति

Prem lila film

काठमाडौं । माघ २५ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘प्रेमलीला’ को प्रदर्शनको मिति सरेको छ ।

चलचित्रको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछि फिल्म निर्माण टिमले फागुन १० मा मात्रै प्रदर्शन गर्ने बताएको छ ।

वितरक कम्पनी र निर्माण टिमबीच फागुन १०मा फिल्म प्रदर्शनमा ल्याउने सहमती भइसकेको नायिका दिपशिखा खड्काले बताइन् । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेका छ भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ ।

पवन गौतमको छायांकन, चन्दनदत्त र शालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेशपायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारती यमोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपम निर्माण गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...