गायिका समिक्षाको दोस्रो गीत ‘वनमा काफल पाक्यो' युट्युव ट्रेन्डिङमा (भिडियोसहित)

Banma

काठमाडाैं । गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो...’ सार्वजनिक भएको छ । चलचित्र नाई नभन्नु ल ५ को ‘बालापनको उमेर..’ बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।

उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौं ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए । रिलिज भएको उक्त नयाँ गीत ’वनमा काफल पाक्यो..’ मा समिक्षाले आवाज दिएकी छिन् । गीत अहिले युट्युव ट्रेन्डिङको ४८ नम्बरमा आएके छ । 

जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन्। गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् । गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन्। गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतको भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...