देशभर आजको मौमस सामान्य बदली रहने, केहि क्षेत्रमा पानी पर्ने सम्भावना

Mausam chiso

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौमस शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद विभूति पोखरेलले दिएको जानकारी अनुसार पश्चिमका पहाडी भूभाग र काठमाडौँसहित मध्य र पूर्वका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविद पोखरेलले जानकारी दिइन् ।

मौसममा बदली भई पानी समेत पर्ने सम्भावना रहेकोले शुक्रबार काठमाडौँसहितका क्षेत्रमा चिसो बढी महसुस हुने उनले बताइन् । शुक्रबार बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो घाम नलाग्ने भएका कारण तापक्रम तुलनात्मक रुपमा बढ्न नसक्ने मौसमविद पोखरेलले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...