जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्यका संयोजक कैलाश कटुवालले राजाले होइन, जनताले नै राजा ल्याउने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको उपत्यका भेलामा कटुवालले जनताले नै ‘राजा आउ, देश बचाउ’ भन्ने दिन आइसकेको दावी गरे । उनले मुलुकको समृद्धिका लागि राजा आवश्यक रहेकोमा जोड दिए ।

उनले राजासहितको नेपालबाट मात्र नेपालीको समृद्धि हुने बताए । उनले नयाँ नेपाल निर्माणको लागि नयाँ परिवेशबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भाषण र उखान टुक्काले मुलुक नबन्ने प्रष्ट पार्दै काम गरेर मात्र परिवर्तन सम्भव हुने धारणा राखे ।

सो भेलामा प्रदेश नम्बर–३ का राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका प्रतिनिधि सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...