जापानका विदेशमन्त्री कोनोद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

Bidhya

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री कोनोले प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन् । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको जनाइएको छ ।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीको अनुरोधलाई विदेशमन्त्री कोनोले सकारात्मक रूपमा लिएको भट्टराईको भनाइ छ । नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने, नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवर्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि कोनाले जनाएका थिए ।

यसैबीच कोनोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...