७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिँदै

Gokarna

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको बताएका हुन् ।


यो कार्यक्रम लागु भएपछि अबको पाँच वर्षभित्रमा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । गण्डकी प्रदेशको पोखरामा आज श्रम तथा रोजगार कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताए । नेपालको जनशक्ति सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै मन्त्री बिष्टले कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएको धारणा राखे ।

सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सजिलोका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको पनि उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...