बेली डान्सर बिनु शाक्य बनिन् कमलको बेहुली

Binu shakya

काठमाडौं । स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु शाक्य बेहुली बनेकी छन् । राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छी हे कान्छी’ बोलको डान्सिङ गीतमा कमल कमल सिंहले बिनुलाई बेहुली बनाएर भित्र्याएका हुन् ।

उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् । कृष्ण भक्त महर्जनको शब्द, संगीत रहेको गीत हरीशरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको सो भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केहि कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुन्यु चोली लगाएरै पनि नृत्य गरिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागि यो भिडियो फरक हुने उनी बताउँछिन् ।

मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । उनले डान्सर बिनुको तारिफ पनि गरे । भिडियोका निर्देशक सोनमले गीतको शब्दअनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसैसाताभित्र बजारमा आउने छ ।

प्रतिकृया दिनुहोस