राजपाकौ बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका विषय

Rajapa

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिदै आएको राष्ट्रिय जनता पार्टी राजपाको संसदीय दलको बैठक आज बस्न लागेको छ । बैठक दिउँसो एक बजेपछि बस्ने छ ।

सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी नभएको राजपा संविधान संशोधन तर्फ सरकारले ध्यान नदिएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिदै आएको छ । तर लामो समयदेखि समर्थन फिर्ताको चेतावनी दिएपनि फिर्ता लिने संकेत भने गरेको छैन ।

संविधान संशोधनमा सरकारले अझै चासो नदिएकाले अव के गर्ने भन्ने बारेमा छलफल गर्न राजपाको संसदीय दलको बैठक बोलाइएको एक नेताले बताएका छन् ।

प्रतिकृया दिनुहोस