दुर्गा र शर्मिलाको आवाजमा सालैजो गीत ‘पुरानो माया’ (भिडियोसहित)

Pu

काठमाडौं । दुर्गा थापा र शर्मिला गुरुङको स्वरमा रहेको सालैजो गीत ‘पुरानो माया...’ सार्वजनिक भएको छ । लय तथा शब्द पनि दुर्गा थापाकै रहेको गीत सनम क्रियशनको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा धेरै समयको अन्तरालपछि मायालु जोडी भेट हुँदा भएको रमाइलो कुराकानीलाई सालैजो भाकामा मन छुने गरी प्रस्तृत गरिएको छ । गीतमा पुरानो भाकाको संरक्षणसँगै देशभक्ति समेत समेटिएकाले दर्शक-स्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

गायक तथा शब्द-लय सर्जक दुर्गा थापाकै एरेञ्ज रहेको गीत मानबहादुर बराल मगरले मिक्सिङ गरेका छन् । गीतको म्यूजिक भिडियोको निर्देशन सुमन थापा मगरले गरेका हुन् भने करन चैसिरको छायांकन छ ।

सनम क्रियशन उत्पादक तथा वितरण रहेको गीतको म्यूजिक भिडियोमा सुमन थापा मगर, रिना थापा मगर, तेजु घर्ति मगर र सुमि बराल मगरको अभिनय देख्न सकिन्छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...