यस्तो बन्यो चलचित्र 'समर लभ’ को ट्रेलर (भिडियोसहित)

Sumerlove

काठमाडाैं । सुबिन भट्टराईको उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतको अभिनय छ । सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् ।

ब्यवसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लब’ लाई निर्देशन गरेका हुन् । वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रोसँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीको मन जित्ने कुरामा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराए ।

 

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...