राष्ट्रवादीले धमाधम बनाउन थाल्यो युवा संगठन

Yuba sakti morang

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आफ्नो जनवर्गीय युवा संगठन राष्ट्रिय युवा शक्ति गठन अभियान तीव्र बनाएको छ ।

शनिबार एकैदिन कैलाली र मोरङमा राष्ट्रिय युवा शक्ति गठन गठन गरेको छ । कैलालीमा कमल बमको संयोजकत्वमा र मोरङमा जनक गौतमको अध्यक्षतामा २५ सदस्य जिल्ला समिति गठन गरेको छ ।

मोरङमा शनिबार सम्पन्न एक भेलाले गौतमको अध्यक्षतामा २५ सदस्य जिल्ला कार्य समिति बनाएको छ । जसमा नवराज भण्डारी र बबिता मगर उपाध्यक्ष छन् भने बनिता बुडाथोकी सचिव, रामबहादुर श्रेष्ठ सहसचिव र सीता भण्डारी कोषाध्यक्ष चयन भएका छन् ।

सो समितिमा सूर्यबहादुर मगर, सरिता श्रेष्ठ, ममता श्रेष्ठ, गनबहादुर श्रेष्ठ, प्रदीप दनुवार, बौदसिंह दनुवार, मैया मगर, देवी श्रेष्ठ, तुलसा श्रेष्ठ, टेकबहादुर पोख्रेल, अनिता दनुवार, रविन खवास, अर्जन कार्की, निर्मला पौडेल, दुर्गा गौत, भीम राई, निरज दनुवार, गंगा भण्डारी, बबिना तामाङ र रोहित दनुवार सदस्य चयन भएको युवा शक्तिका केन्द्रिय अध्यक्ष राजु लोहनीले बताए ।

एराप्रपा राष्ट्रवादीका सहायक महामन्त्री नरेष राईको प्रमुख आतिथ्यतामा भएको सो भेलामा पार्टीका मोरङ अध्यक्ष डा. दुर्गा अधिकारी लगायतले युवा शक्ति एक हुनुपर्नेमा जोड दिएका थिए । सो भेला नवराज भण्डारीको सभापतित्व र जनक गौतमको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस