पर्यटनमन्त्री रबिन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै

Rabindra adhikari 17

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबाट राजीनामा दिने मनस्थिति बनाउनु भएको छ । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका अधिकारीले पदबाट राजीनामाको घोषणा गर्नको लागि आज विहान १० बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

पर्यटन मन्त्रालयले भने नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने जनाएको छ ।

मन्त्री अधिकारीका निकट स्रोतका अनुसार मन्त्री पदबाट राजीनामा दिनेबारे अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिहरेका छन् । विहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकले छानविन उपसमितिले बुझाएको प्रतिवेदन बुझ्ने तयारी गरेको छ ।

प्रतिवेदन अनुसार मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने समितिले तयारी गरेपछि मन्त्री अधिकारीले त्यसअघि नै राजीनामा दिने तयारी गरेको मन्त्री अधिकारी निकट श्रोतले जनाकारी दिएको छ ।

प्रतिकृया दिनुहोस