नरेन्द्र मोदीको जीवनकथामा फिल्म बन्ने, काे बन्नेछन् मोदी ?

Modi bibek

काठमाडाैं  । बलिउडमा पछिल्लो समय विभिन्न व्यक्तिको जीवनकथामा बायोपिक बनाउने लहर नै चलेको छ । लोकसभा चुनावलाई ध्यान दिंदै राजनीतिक विषयको फिल्म बनाउने माहौलमा अर्को नेताबारे फिल्म बनाउने घोषणा गरिएको छ ।

पछिल्लो केही महीनादेखि चलिरहेको बजार हल्लालाई सत्य साबित गर्नेगरी  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म बन्ने कुरा पुष्टि भएको हाे । मोदीको भूमिकामा अभिनेता विवेक ओवराय देखिने भएका छन् । ओमंग कुमारले निर्देशन गर्ने फिल्मको फस्ट लुक पोस्टरको ७ जनवरीमा सार्वजनिक हुने बताइएको छ । पोस्टर सार्वजनिकीकरण महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले गर्नेछन् ।बायोपिकका लागि विवेकको तयारी
फिल्म 'मेरी कम' र 'सरबजीत' का निर्देशक ओमंग कुमारको निर्देशनमा बन्ने फिल्म 'पीएम नरेन्द्र मोदी' को निर्माण सन्दीप सिंहले गर्नेछन् । समाचार अनुसार, यो बायोपिक फिल्मले प्रधानमन्त्री मोदीको एक 'चायवाला' देखि सफल राजनीतिज्ञ हुँदै भारतका प्रधानमन्त्री बन्दासम्मको यात्रा देखाउनेछ ।

भारतीय वेबसाइट बलिउड हंगामा डटकमका अनुसार, फिल्म निर्माण टोली तीन वर्षयता फिल्मको तयारीमा जुटेका थिए । फिल्ममा मोदीको भूमिकामा अनुबन्धित विवेक ओवराय चरित्रलाई सजीव रुपमा प्रस्तुत गर्न विभिन्न लुकको परीक्षण क्रममा छन् । उनी फिल्ममा फरक-फरक हुलियामा देखिनेछन् ।

आफ्नो भूमिकालाई न्याय गर्न उनी एउटा कार्यशालामा पनि भाग लिनेछन् । फिल्मको सुटिङ यही जनवरीदेखि नै शुरु हुने र निर्माण टोलीले फिल्मको रिलिज मिति पनि चाँडै तय गर्ने  अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...