दीपकराज गिरी र रोहित अधिकारीले संयुक्त चलचित्र बनाउने

Deepak

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर चलचित्र निर्माण गर्ने भएका छन् ।

पछिल्ला केही दिन यता दीपक र रोहितको टिमअपमा चलचित्र बन्ने समाचार बाहिरिए पनि अफिसियल रूपमा दुवैले बताएका थिएनन् । नयाँ वर्ष २०१९को अवसर पार्दै दीपकराज गिरीले फेसबुकमा चलचित्रको अफिसियल घोषणा गरेका छन् ।

उनले नयाँ वर्षको शुभकामना दिँदै चलचित्रका निर्देशक पनि घोषणा गरेका हुन् । रोहित र दीपकको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् ।

लामाले यसअघि घामपानी र गोपी निर्देशन गरिसकेका छन् । घामपानी रिलिज भइसक्यो भने गोपी रिलिजको तयारीमा रहेको छ। रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा बन्ने चलचित्रको नाम र कलाकार तय गरिएको छैन ।

चलचित्रको प्राविधिक टिमको पनि केही समय भित्र छनोट हुने दीपकराज बताउँछन् । उनका अनुसार चलचित्र आउँदो वर्षको दसैँमा रिलिज हुने छ ।यो चलचित्रको दीपकले नाफाको ५० प्रतिशत हिस्सा लिएर काम गर्ने भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...