तपस्वी बम्जनको आश्रममै सञ्चलालको हत्या भएको हुनसक्ने

Bamjan aasram

काठमाडौं । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने गरिएको छ ।

अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आश्रमको उत्तरतर्फ करिब ३ सय मिटर नजिकै खोजतलास गर्दा खोलिएको नुनुको नौ प्याकेट खोल बरामद गरेको छ ।

आश्रमबाट बेपत्ता भएका भनिएका सञ्चलाल वाइबाको आफन्तको दाबी छ कि उनको आश्रमभित्र हत्या भएको थियो र छिटो शव सडाउन २२ प्याकेट नुन प्रयोग भएको थियो ।

प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सञ्तलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका –६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो । त्यसयता प्रहरीले बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको थियो ।

शुक्रबारदेखि आश्रमभित्र अनुसन्धान सुरु गर्दा केही शंकास्पाद सामग्रीहरु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । प्रहरीले बम्जनको आश्रममा रहेका अनुयायीसँग सोधपुछ जारी राखेको छ ।

सञ्चलाल परिवारको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति दिएर आश्रममा छापा मारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...