सुन्नैपर्ने गायक पुस्कलको 'एकादेशको कथा' यस्तो छ (भिडियोसहित)

Puskal

काठमाडौं । लोकदोहोरी क्षेत्रमा पुष्कल शर्मा एउटा यस्तो नाम हो । जुन नाम दर्शक स्रोताको मनमा जरा गाडेर बसेको छ । विशेष गरी माया प्रेममा धोका खाएका गीत उनका बढी छन् । जसको गीत बजारमा आउन लाग्दा देखि बजारमा आएपछि थुप्रै खालका विश्लेषण हुने गर्छ ।

उनका गीत बजारमा आएपछि जति प्रशंसा कमाउछन् त्यसको केही अंश उनको आलोचना हुने गरेको छ । विशेषगरेर म्युजिक भिडियोमा उनले फरकपन दिन खोज्दा उनले आलोचना खेप्नु परेको हो । तर उनले दर्शक र स्रोताको मन एकदमै जितेका छन् । पुस्कल प्राय सबै गीत रुवाउने खालका हुने गरेका छन् ।

लोकदोहोरीमा आफ्नो छुटै स्थान बनाउन सफल गायक पुस्कलका केही आधुनिक गीतहरु पनि बजारमा छन् । यसैक्रममा उनको "एकादेशको कथा" बोलको आधुनिक बजारमा ल्याएका छन् । जसमा शब्द, स्वर, र निर्देशन पनि उनी आफैंले गरेका छन् ।

शब्द भने सुवास कार्कीले लेखेका छन् । गीतको म्युजिक भिडियो शर्मा र सारिका के.सीले अभिनय गरेका छन् । गीतको बजार व्यवस्थापन भने मन्दिर म्युजिक प्रा.लीले गरेको छ । गीत पुस्कल कै युटुव च्यानल बजारमा आएको हो ।

 

Video

प्रतिकृया दिनुहोस