बलिउडमा फिल्म ‘सिम्बा’ को धमाका, पहिलाे साता १३९ करोड कलेक्सन

Simmba movie review ranveer singh sara ali khan rohit shetty

काठमाडौं । २०१८ को अन्तिममा रिलिज भएको बलिउड फिल्म ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाएको छ। रणवीर सिंह र सारा अली खान अभिनित यो फिल्म दर्शकले खुब रुचाएका छन्।

फिल्म सिम्बा पहिलो सातामा १३९ करोड कलेक्सन गरेर बक्स अफिसमा हिट फिल्ममा दर्ता भएको छ। पहिलो दिनदेखि नै उत्साहजनक कलेक्सन गरेको फिल्मले साताको अन्तिम दिन बिहीबारसम्म उत्साह कायम नै राखेको छ।

सिम्बाले पहिलो दिन २०।७२ करोड रुपैयाँको कलेक्सन गरेको थियो। तर यो कलेक्सन अनुमान गरिएभन्दा कम थियो। दोस्रो दिन कलेक्सन बढ्यो र २३।३३ करोडसम्म पुग्यो।

तेस्रो दिन आइतबार फिल्मले बिदाको लाभ उठायो र ३१।०६ करोड जम्मा ग¥यो। वर्षको अन्तिम दिन पनि फिल्म उत्साहजनक नै रह्यो। सो दिन फिल्मले २१।२४ करोड रुपैयाँ कलेक्सन गर्न सफल भयो।

१ जनवरीमा फिल्मले २८।१९ करोड कलेक्सन ग¥यो। साताको छैठौ दिन १४।४९ करोड जम्मा गरेर फिल्म सिम्बा एकै सातामा १३९।०३ करोड कलेक्सन गर्ने फिल्म बन्न सफल भयो।

फिल्म सिम्बा एक सातामै हिट सावित भइसकेको छ। आगामी दिनको प्रदर्शनले फिल्मलाई सुपरहिटको दर्ता दिलाउनसक्ने समीक्षकहरुको अनुमान छ।

फिल्म मल्टिप्लेक्सका साथसाथै सिंगल स्क्रिन हलमा पनि राम्रो प्रदर्शन भएको छ। दोस्रो हप्तामा पनि फिल्मको उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ, किनकि आज कुनै ठूलो लगानीको फिल्म रिलिज हुँदैछैन।

रोहित सेट्ठीको निर्देशनमा बनेको सिम्बा उनको आठौं यस्तो फिल्म हो, जसले लगातार सय करोड क्लबमा प्रवेश पाएको छ। सिम्बा तेलुगु फिल्म टेम्बरको हिन्दी रिमेक हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...