सारिकालाई कस्ले रुवायो ? (भिडियोसहित)

Sarika

काठमाडाैं । लोकदोहोरी 'रुवाउनू रुवायौ' बाेलकाे गीत बजारमा सार्वजनिक भएको छ ।

'रुवाउनू रुवायौ' बोलको उक्त गीतमा मिठो स्वरका धनी गायक बिष्णु पाण्डे र चर्चीत गायिका बिष्णु माझीको रहेको  छ । गीतको शब्द शृजना रमेश परियारले गरेका हुन् भने लय शृजना ॠषी खड्काले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियाेमा पछिल्लाे समयका चचिर्त मोडल सारिका केसी र आशिर प्रताप जंगको उत्कृष्ठ अभिनय छ । भिडियाेलाई निर्देशन पछिल्लो समयकी चर्चीत निर्देशक स्मृती तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी हुन् ।

स्मरण रहोस, आशिर र सारिकाकै अभिनय रहेको आँसुको कारखाना बोलको गीतले एकदमै चर्चा कमाएको थियो । आशिरले अभिनय गरेका अभाव, माझी, स्वार्थी मान्छे, औसिया, पागल प्रेमी, न्याउली चरी लगायतका गीत पछिल्लो समय दर्शक स्रोताले अत्याधिक मन पराएका गीत हुन् ।

यसैगरी छायांकन शुरेस श्रेष्ठ र सम्पादन प्रबिन भट्टले गरेका हुन, गीत सप्त ॠषीमार्फत बजारमा आएको हो भने गायक तथा संगीतकार ॠषी खड्काको आफ्नै आधिकारीक यूटूब च्यानलमार्फत गीतको म्युजीक भिडियो सार्वजनिक गरिएको छ ।

 

Video

प्रतिकृया दिनुहोस