पुस २७ बाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ देश दौडाहामा

Film chauka daauuu in hetauda 1 kmnpqhyjbq 1024x768

काठमाडौं २७ । पुसबाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ युनिट यतिबेला देश दौडाहामा निस्किएको छ । फिल्मको प्रचारप्रसार गर्नुका साथै कलाकारलाई दर्शकसँग साक्षात्कार गराउने उद्देश्यले यो युनिट मोफसल टुरमा निस्किएको हो ।

टुरको पहिलो दिन मंगलबार युनिट ३ नम्बर प्रदेशको राजधानी हेटौडा पुगेको छ ।  सो स्थानमा युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको विषयमा समेत जानकारी गराएको छ ।

कार्यक्रममा निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटना हास्यव्यंङ्ग्यको रुपमा फिल्ममा देखाउन खोजिएको बताए ।  उनले गीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै फिल्म हेर्दा बोर फिल नहुने दाबी गरे ।

अभिनेत्री वर्षा राउतले फिल्ममार्फत समाजमा सकारात्मक सूचना दिने कोसिश गरेको बताइन् । आफू ४ कलाकारको दाउमा पर्ने प्रमुख भूमिकामा रहेको उनले सुनाइन् । कलाकार सन्तोष पन्तले लामो समयपछि फिट हुने फिल्ममा  काम गर्न पाएकोमा खुसी लागेको सुनाए ।

फिल्ममा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको मुख्य भुमिका रहेको छ । शम्भुजित बासकोटाको निर्माण रहेको फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोमान्टिक कमेडी जनरा फिल्म बनेको बताइएको छ ।

प्रतिकृया दिनुहोस