बिष्णु र मोहनको आवाजमा किने खुशीले बजारमा, बिमल यस्तो हालत देखिए (भिडियोसहित)

Bimall


काठमाडौं । लोकदोहोरी क्षेत्रमा चर्चित नाम मोहन खड्का पनि एक हो । उनले एकपछि अर्को चर्चित गीतमा आवाज भरेर सफलता कमाईरहेका छन् ।

खासगरी मोडल तथा गीतकार बिमल अधिकारीसँगको सहकार्यमा गरिएका गीतहरुमा अझ बढी उनले सफलता पाएका छन् । सम्भवत बिमलकै सहकार्यको गीतबाट चर्चा कमाउन सुरु गरेका मोहन पछिल्लो समयका चर्चित र व्यस्त गायक बनिरहेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विष्णु माझीसँगको सहकार्यको २१ औं गीतको बारेमा जानकारी गराएका छन् । जुन गीत सोमवार साँझ मात्र बजारमा आएको "किने खुसीले" बोलको गीत हो । गीतमा मोहन खड्का र विष्णु माझीको आवाज रहेको छ ।

गीतको सुरुवात यसरी गरिएको छ ।

हेर्दा बाहिर ठिकै छु हासी छु
मलाई थाहा छ कसरी बाँची छु
के नै गर्न सक्छु र म दुखीले
दुख पर्दा साथ दिने तिमी थियौं हे माया
कि तिम्लाई नी किने सुखीले ।

बिमल अधिकारीको शब्द रहेको गीतमा अमित बाबु रोकायले संगीत भरेका छन् । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा बिमल अधिकारी र सपना के.सीले अभिनय गरेका छन् । गीतको बजार व्यवस्थापन भने भावना म्युजिक सोलुसन प्रा.लीले गरेको छ ।

https://www.youtube.com/watch?v=jcj_u4_WaVk

यी हुन् मोहन र विष्णु माझीको सहकार्यमा बजारमा आएका गीतहरु
1 ::पराइ सङ्ग नाता
2::माया गर्न सिकाउदा
3:अब त पाग्ल भै हिड्छु होला म
4::खोजे सन्सार भरी खोजे
5::आइ लभ यु, आइ लभ यु
6::तिम्रै थीए कुनै बेला म
7::यसै हारी गए
8:: सम्जिएर रुन्छु
9::आज भन्दा भोलि माया
10:: मर्ने मिति
11:: दुखको भारी
12::गोरेटो
13::सुन सबैले सुन
14::फाट्यो होला तिम्रो चोली
15::भुल भयो सानू
16:: कि त डाडै काटेउ र ओइ मायालु
17::चोखो माया
18::सराप
19:: एक हजारको नोट्ले
20:: पागल प्रेमि

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...