विवाह वर्षगाँठमा आयो उपाध्यायको पुस्तक

Putsak lokarpan

काठमाडौं । बिष्णु न्यौपाने (उपाध्याय) द्धारा ‘फर्केर हेर्दाः यथार्थ र अनुभूतिको संयोजन’ गीति काव्य लोकार्पण गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार सो काव्य लोकार्पण गरे ।

०४६ साल पुस १५ गते पार्टीकै निर्णयअनुसार वैवाहिक जीवनमा बाँधिएको ३० औँ बर्षगाठको अवसरमा उपाध्यायको सो पुस्तकको लोकार्पण गरिएको थियो ।

सो पुस्तकमा आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा प्रवासबाट देश फर्कँदै तात्कालिन मसाल हुँदै जनयुद्ध र यहाँसम्मको यात्रा संस्मरणको रूपमा पुस्तक केन्द्रित रहेको लेखकले बताइन् ।

सो पुस्तकको लोकापर्ण कार्यक्रममा ‘जनयुद्धबाट मैले के पाएँ भन्छन्, खाली दुःख, पीडा र वेदनाका भावना मात्र पोख्छन्’ देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले भने, ‘पुस्तकले विगतलाई सम्झायो । र, अहिले पनि क्रानितकबो आवश्यकता छ भन्ने देखायो ।’ गजुरेलले उपाध्यायको पुसतकले विगतबाट सिकेर नयाँ क्रान्ति गर्न सिकाउने बताए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष नैनकला थापा, प्रगतिशील लेखक संघका उपाध्यक्ष विन्दु, पूर्व माओवादी तथा लेखकको तात्कालिन विवाहको साक्षी लक्ष्मी श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस