सबैलाई रुवाउने सन्जिब ठकुरीको 'मेरी आमा' (भिडियोसहित)

Sanjib

काठमाडौं । आमा शब्द सुन्दै मिठो र प्यारो छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् ।

त्यसै सम्बन्धी आधारित रहेको मोडल सन्जिब ठकुरीको “मेरी आमा” गीतको ठकुरी फिल्मस्को आयोजना र उद्धब ठकुरीको सभापतित्वमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

गायक अमृत खातिको संचालन रहेको सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा लोक संगीतका धरोहर कुमार बस्नेत रहेका थिए । कार्यक्रममा सांगीतीक क्षेत्रका बिशिष्ट ब्यक्ती र पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली ९आर।के० को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय रहेको छ ।

 

Video

प्रतिकृया दिनुहोस