नरेश खातीले कस्को छायाँ देख्न पाम भन्दै रोए ? (भिडियोसहित)

Naresh

काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नया गित 'छायाँ देख्न पाम' बजारमा बजारमा आएको छ । गायक नरेश खातीको आफनै अफिसियल यु–ट्युब मार्फत साही गित सार्वजनिक गरिएको छ ।

विजय रनपाल र दिप रनपालको शब्द रहेको उक्त गितमा संगित नरेश खातीले भरेका छन् भने चर्चित गायिका देवी घर्ती मगर को सुमधर स्वर पनि सजिएको छ ।

यस गितमा गायक तथा सर्जक नरेश खाती क्षेत्रीको आवाज र संगित मात्र छैन उनको मन छुने र सबैलाई रुवाउने अभिनय पनि भिडियोमा हामी देख्न सक्छौ । अभिनयमा नरेश संगै गायक तथा नायक रमेश बाबु थापा र मोडल आराती परियारको पनि अभिनय रहेका छ । यस अघि पनि नरेशका सबै रचनाहरु सबै दर्शकको मन मुटुमा सफल भएका छन् ।

Video

प्रतिकृया दिनुहोस