सुदुरपश्चिमेली शब्दको मिश्रणसहितको नयाँ गीत लिएर आइन् गायिका रेखा

Rekha shah

काठमाडौं । सिमेसिमे पानीकी गायिका रेखा शाह सुदुरपश्चिमेली शब्दको मिश्रणसहितको नयाँ गीत लिएर श्रोता दर्शकमाझ आएकी छिन् ।


संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको सइं तमी कर्नाली पारि छौ, म त वारि चुँड्या छ तुइन बोलको शब्दमा गायिका शाहले स्वर दिएकी हुन् ।


गीतलाई लिएर गायिका शाह निकै उत्साहित रहेकी छिन् । उनले भनेकी छिन्–‘सईँ तमी गीतबाट म निकै आशावादी छु, सांगीतिक जीवनको २५ वर्षमा फेरि अर्को कालजयी गीत गाउने मौका पाएँ । सिमसिमे पानीमा गीतजस्तै चर्चित हुन्छ भन्नेमा म निकै आशावादी छु ।’ गायिका शाहले यो गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छिन् ।


गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ भने गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा बनेको छ । म्युजिक भिडियोमा सुन साइँली गीतको भिडियोमा अभिनय गरेका गौरव पहारी र मेनुका प्रधानले अभिनय गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...