गुरुङको आयो ‘असल संस्कारः समृद्धिको आधार’ निबन्ध

Book release

काठमाडौं । सामाजिक आन्दोलनमा लागेकी पशुपति गुरुङ साहित्य क्षेत्रमा पनि उदाएकी छन् । ‘असल संस्कार, समृद्धिको आधार’ नामक निबनध संग्रहमार्फत साहित्य क्षेत्रमा उदाएकी हुन् ।

संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृति शनिबार प्राध्यापक उषा ठाकुर, साहित्यकार भद्राकुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारी लगायतले संयुक्त रुपमा विमोचन गरे ।

सो पुस्तक विमोचन कार्यक्रममा कृतिकार गुरुङलाई कक्षा १० सम्म पढाएका शिक्षक तोयानाथ पौडेल, अर्का शिक्षक कृष्ण प्रसाद पौडेल, काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष खेमराज तिवारी लगायतले पुस्तकबारे चर्चा गर्दै असल संस्कार निर्माणमा पुस्तक पर्याय बन्ने बताए ।

सो पुस्तकमा आफ्नो जन्मभूमि र जीवनका २२ वर्षहरु जापान र कोरियामा बिताएका पलहरुलाई यस कृतिमा समावेश गरेकी छन् । कृतिकार पशुपति गुरुङले पुस्तकमा आफूले जीवन–भोगाइ र समाजका दृश्यहरु समावेश गरेको बताइन् ।

रिपोर्टर्स क्लवमा आयोजित सो कार्यक्रम पत्रकार प्रकाश समिरले सञ्चालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...