कस्तो होला ‘कालो सहर’ भित्रको कथा ? हेर्नुस् भिडियो

Kalo sahar 1

काठमाडौं । सहरभित्रका विकृति र विसंगतिलाई पर्दामा उतारियोको नेपाली चलचित्र ‘कालो शहर’ को गीत सार्वजनिक भएको छ ।

माघको पहिलो साता प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्र ‘कालो शहर’ को गीत शुक्रबार सार्वजनिक भएको छ । जसमा निरज कुमारको संगीत छ भने अन्जु पन्त, टीका प्रसाईं र सन्जय तुम्रोकको स्वर छ । चन्द्रबहादुर खड्का निर्माता रहेको सो चलचित्रलाई दिनेशसिंह ठकुरीले निर्देशन गरेका छन् । यसमा कथा पनि ठकुरीकै छ ।

सहरमा भइरहेको हत्या, हिंसा, बलात्कार, कालोबजारी, बाल यौन शोषण जस्ता विष उठाइएको चलचित्र ‘कालो शहर’ मा सुशील क्षत्री, रबिना खड्का, चन्द्रबहादुर खड्का, सुरज आरडी, लक्ष्मणबिक्रम बस्नेत, प्रदिप रुम्बा, मिलन श्रेस्ठ, कुमार योगी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र ‘कालो शहर’मा पवन श्रेष्ठ बाल कलाकारको रुपमा उदाएका छन् ।

माता सुर्मा देवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्र ‘कालो शहर’ मा बिनोद सापकोटाको छायांकन छ भने राजेन्द्र चौधरीको द्धन्द्ध र बिक्रम चौहानको कोरियोगार्फी रहेको छ ।

मलेखु, काठमाडौं, नुवाकोट, पोखरा, बुटवल, गोरखामा छायांकन गरिएको निर्माता चन्द्रबहादुर खड्काले बताए । खड्काले ‘रुमालै छ चिनो’ निर्माण गरेका छन् । यो चलचित्र पनि प्रदर्शनको तयारीमा छ ।

Video

प्रतिकृया दिनुहोस