‘डोली बोकी आउँछु’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

Received

काठमाडौं । पछिल्लो समयका निकै ब्यस्त अनि चर्चीत गाएक हुन सज्जन धामी,एनाका गीतहरुले बजारमा निरन्तर चर्चा बटुलिरहेका छन, एतिबेला बजारमा उनको देउडा गीत डोली बोकी आउछु बजराम आएको छ, देउडा गीत बिशेष गरी शुदुरपश्चिम क्षेत्रमा औधी रुचाईन्छ।

सज्जनको यो गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘डोली बोकी आउँछु’ मा सज्जनसँगै गायिका इरानी सुन्दरी वमले स्वरमा साथ दिएकी छन् । गीतको भिडियोमा पनि स्वयम् गायकगायिका नै रहेका छन् । गीतमा संगीत र शब्द पनि गायक धामीकै रहेको छ ।

यसअघिका गीतलाई पनि स्रोता–दर्शकले असाध्यै रुचाएकाले ‘डोली बोकी आउँछु’ लाई पनि त्यही माया दिनेमा विश्वस्त रहेको गायक धामीले तुफान न्युज संगको कुराकानीमा बताए। उनले भने, ‘यसअघिका गीतमा मैले स्रोता–दर्शकबाट राम्रो माया र हौसला पाएका छुँ ।

आशा छ यो गीतलाई पनि असाध्यै रुचाइने छ ।’ यसअघि गायक धामीले ‘का छै माया जाल’, ‘घाँघर लगाउ मायाले’, ‘फकाउनै गाह्रो भो’ लगायत बोलका गीत बजारमा ल्याइसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...