दयाहाङको ‘आप्पा’ आउँदै, जेठ २४ बाट प्रदर्शन

D

काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को प्रदर्शन मिति तय भएको छ।

फिल्म निर्माण युनिटले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन मिति र फस्ट लुक्स सार्वजनिक गरेको हो। फिल्म ०७५ जेठ २४ बाट प्रदर्शनमा आउने छ।

फिल्ममा अभिनेता दयाहाङ राई ‘आप्पा’ अर्थात् पिताको भुमिकामा देखिने भएका छन्। निर्माण युनिटका अनुसार फिल्मको शीर्षक क्यारेक्टरमा रहेका दयाहाङ एक ड्राइभर बुबाको भुमिकामा रहनेछन्।

माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मले बाबु(छोराको कथालाई प्रस्तुत गर्नेछ। अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चालगायतको अभिनय रहेको छ।

भारतको कालिम्पोङ, दार्जिलिङ र नेपालको इलामलगायतका स्थानमा छायांकन गरिएको फिल्म नेपालमा प्रदर्शनमा आएको एक हप्तापछि भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...