प्रथम खैरहनी महोत्सव सकियो, महोत्सव सफल रहेको दावी

Samapan 1


चितवन । पूर्वी चितवनमा आयोजित प्रथम खैरहनी महोत्सव मंगलवार सकिएको छ । उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा यही मंसिर १६ गतेदेखी महोत्सव सुरु भएको थियो ।

संघ स्थापना भएको १० वर्षपछि आयोजित महोत्सव ऐतिहासिक रुपमा सफल रहेको संघका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गरेका छन् भने अन्दाजी २ करोडको कारोवार भएको छ ।

कृषि, पर्यटन, व्यापार, उद्योग र संंस्कृति प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित महोत्सवको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । भने जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

समापन समारोहमा वोल्दै जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले मेला महोत्सवले यस क्षेत्रको कृषि,पर्यटन,व्यापार,उद्योगको विकासमा टेवा पुग्ने बताए । समापन समारोहमा महोत्सवलाई सहयोग गर्ने विभिन्न संघसंस्था,विभिन्न समितिका संयोजकहरुलाई सम्मान गरिएको थियो ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको समापन समारोहमा खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,नेपाल कम्युनिष्ट पार्टीका खैरहनी इन्चार्जहरु झगरु चौधरी,जगन्नाथ आचार्य,नेपाली काग्रेश नगर सभापति शशिकुमार खनिया लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...