खैरहनी महोत्सवमा ज्योती मगरको यस्तो प्रस्तुती, हजारौ दर्शक नाँचे 'आज सकिदै'

J

चितवन । खैरहनी महोत्सवको सोमवार आकर्षणको रुपमा रहेकी चर्चित लोकदोहोरी गायिका ज्योति मगरले उपस्थित हजारौ दर्शकलाई मनोरञ्जन दिएकी छिन् ।

महोत्सवको नवौ दिन करिव १० हजार दर्शक उपस्थित थिए । सोमवार वजार वन्द हुने र ज्योति मगर आउने भएपछि दर्शकको उत्साहजनक सहभागीता रहेको आयोजक उद्योग वाणिज्य संघ खैहरनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

करिव साँढे चार वजेतिर स्टेज चढेकी ज्योतिले एक दर्जन भन्दा वढि गीत प्रस्तुत गरेकी थिईन् । उनको गीतमा सवै उमेर समुहकाले नाचेर,ताली वजार साथ दिएको देखिन्थ्यो । चिसो मौषम भएपनि ज्योतिको गीतले माहोल तातेको थियो ।

उनले उही मुलको सिन्की उही मुलाको चाना, तल पनि पिरलो माथि पनि पिरलो, नयनमा गाजल कालै राम्रो लगायत दर्जन गीत प्रस्तुत गरेको थिईन् । सोमवारनै चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यतामा महोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत तथा सास्कृतिक कार्यक्रम समापन गरिएको थियो ।

उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा यही मंसिर १६ गतेदेखी सुरु भएको महोत्सव मंगलवार सकिदैछ । जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा समापन गरिने संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए ।

कृषि,व्यापार,उद्योग,पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक आयोजित महोत्सव सफल रहेको आयोजकको दावी छ ।

प्रतिकृया दिनुहोस