‘सफलताको शिखर’मा बुबाको शब्द, छोराको गायन

Gaurab song

काठमाडौं । गायक गौरवनारायण राईले पहिलो गीति संग्रह ‘सफलताको शिखर’ ल्याएका छन् ।

‘सफलताको शिखर’ मा रत्न बहादुर राईको शब्द छ, जो गायक राईका बुवा हुन् । रत्न बहादुर राई सांगीतिक दुनियामा छैनन् । तर, उनले आफ्ना डायरीमा कोरेका शब्दलाई संगीतकार विनोद खम्बुले संगीत भरिदिए । र, गायक राईले स्वरबद्ध गरे । उनैले डायरीमा कोरेको शब्द गौरवको पहिलो गीति एल्बमको शीर्ष गीत बनेको छ ।

यतिबेला बजारमा सिडी तथा एल्बमहरु बिक्री वितरण शुन्य भइसकेको छ । यही बेला राईले आफ्ना ८ वटा गीतको संग्रह बनाएर पहिलो एल्बम ‘सफलताको शिखर’ बजारमा ल्याएका हुन् ।

उनले आफ्नो पहिलो गीति एल्बम पत्रकारहरुबाटै विमोचन गराए । उनको सो एल्बमको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, गायक तथा संगीतकार भीषण मुकारुङ, विनोद खम्बु, गायक गौरवनारायण राई, पत्रकार गोपीकृष्ण चापागाइँ लगायतले संयुक्त रुपमा विमोचन गरे ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ का राईले ४ वटा गीतमा आफैंले संगीत दिएका छन् भने विनोद खम्बु र कृष्णभक्त राईले संगीत भरेका छन् । ७ वटा गीतमा उनको एकल स्वर छ । एउटा ‘आधी बाटो’ बोलको गीत भने कविता बराइलीसँग मिलेर गाएका छन् ।

८ वटा गीतमध्ये ‘सफलताको शिखर’ र नौ डाडापारी’ बोलको गीतको लिरिकल भिडियो पनि बनाएका छन् । एल्बममा समावेश ‘ठाक्कठुक्क, र ‘मेरो जीवनमा आई’ को म्युजिक भिडियो तयार पारेका छन् ।

उनको म्युजिक भिडयो ‘सफलताको शिखर’ को लिरिकल भिडियो डस म्युजिक नेपालमार्फत शनिबार मात्रै सार्वजनिक भएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...