६ जनालाई ‘नारायणगोपाल स्मृति सम्मान’

Narayan gopal samman

काठमाडौं । मुलुकको विभिन्न क्षेत्रमा अतुलीय योगदान पुर्‍याएका वरिष्ठ संगीतकार कर्म योञ्जन, वरिष्ठ अभिनेता नीर शाह, गीतकार दिनेश अधिकारी, राजेन्द्र रिजाल, वरिष्ठ चिकित्सक डा. दीर्घसिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गरिएको छ ।

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवसको अवसर पारेर नारायण गोपाल संगीत कोषले समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ६ जना व्यक्तित्वलाई सम्मान प्रदान गरेको हो ।

काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाहले स्वर सम्राट नारायण गोपाल मुलुकको सांगीतिक क्षेत्रको गम्भीर अध्येता भएको उल्लेख गर्दै उनीबाट नयाँ पुस्ताले गहन अध्ययनका साथ गीत, संगीतको क्षेत्रमा लाग्न प्रेरणा लिनुपर्ने बताए ।

संगीतका हरेक विधामा उत्तिकै प्रखर स्वर सम्राट नारायण गोपालका सबै गीत कालजयी रहेका छन् । विक्रम संवत १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले गाएका ‘एउटा मान्छेको मायाले’, ‘म त लालीगुराँस भएछु’, ‘मोहनी लाग्ला है’ जस्ता सयौं गीत सर्वाधिक रुचाइएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...