‘जिरो’को ‘इशकबाजी’मा सलमान र शाहरुख (भिडियोहित)

Salman and shahrukh zero

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ । आउँदो डिसेम्बर २१ मा रिलिज हुने उक्त फिल्मको ‘इशकबाजी’बोलको गीत सार्वजनिक भएको हो ।

सुखविन्दर सिंह र दिव्य कुमारको स्वर रहको उक्त गीतमा शाहरुख र अभिनेता सलमान खानको नृत्य रहेको छ । पुड्को मान्छेको भूमिकामा देखा परेका शाहरुखले सलमानसँग एक साथ नाचेको देखाइएको छ ।

फिल्ममा शाहरुखका साथमा अनुष्का शर्मा, कट्रिना कैफको मुख्य भूमिका रहेको यस फिल्ममा सलमान खान, काजोल, आलिया भट्ट, दीपिका पादूकोण, करिना कपूर खानलगायत कयौँ फिल्म स्टारको अतिथि भूमिका रहनेछ ।

आनन्द एल राईको निर्देशन रहेको यस फिल्ममा निर्देशक राई तथा गौरी खान र करुना बडवाल निर्माण रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...