‘सफलताको शिखर’ ल्याउँदै राई

Gaurab narayan rai

काठमाडौं । गायक गौरवनारायण राईले पहिलो गीति संग्रह ‘सफलताको शिखर’ ल्याउने भएका छन् ।

बजारमा सिडी तथा एल्बमहरु बिक्री वितरण शुन्य भइरहेका बेला राईले आफ्ना ८ वटा गीतको संग्रह बनाएर पहिलो एल्बम ‘सफलताको शिखर’ निकाल्न लागेका हुन् । त्यसको अन्तिम तयारी भइसकेको उनले बताए ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ का राईले ३ वटा गीतमा आफैंले संगीत दिएका छन् भने विनोद खम्बु र कृष्णभक्त राईले संगीत भरेका छन् ।

७ वटा गीतमा उनको एकल स्वर छ । एउटा ‘आधी बाटो’ बोलको गीत भने कविता बराइलीसँग मिलेर गाएका छन् । यसै साताभित्र एल्मब सार्वजनिक गर्ने तयारी भइरहेको राईले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...