‘ब्रेकअप’को ‘हरेकपल’ भिडियोसहित

Aashirman shilpa1

काठमाडौं । नेपाली चलचित्र ‘द ब्रेकअप’मा समावेश ‘हरपल’ बोलको गीतको भिडियोमा नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्के रोमान्टिक मुडमा देखिएका छन् ।

पुष २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको गीतमा उनीहरुको दमदार लिपकिसलाई देख्न सकिन्छ । प्रकाश मल्लको शब्द रहेको गीतमा संगीत विशेष पाण्डेको रहेको छ । स्वर बिराज गौतमले दिएका छन् । विदेशका सुन्दर दृश्यमा खिचिएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

हेमराज विसी निर्दे्शित फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, ईच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभ स्टोरी जनराको फिल्मको कथा निर्देशक विसीकै हो ।

नरेन्द्र मैनालीले छायांकन रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस