बुटवलमा भयो पहिलोपटक फेसन शो

News butwal

बुटबल । बुटवलमा पहिलो पटक फेसन शो सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाइएको थियो ।

सो फेशन शोको लागि अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्याम्पमा उत्रिएका थिए । एक हप्तासम्मको प्रशिक्षणपश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो ।

आविष्कार खनाल र स्मारीका तामाङले सञ्चालन गरेको सो कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा र्याम्पमा उत्रिएका मोडलहरुबीच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दीपक लक्की फेशन शोस्टपर्स थिए ।

कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक साँस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाइएको सो फेसन शोमा कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाकाका पहिरनहरु पहिरिएर मोडलहरुले शोलाई रंगीन बनाएका थिए ।

कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिलसिंह राजपुत, सञ्चारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेललगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुगेका थिए । कार्यक्रममा गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ, विनोद ढकाल, दीपक लक्की, पुर्णिमा लामा, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराईलगायत स्थानीय स्तरका कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट मार्केटिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुसाल, नरहरी कार्कीलगायतले दिएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सिईओ ममथा बस्नेतले बताइन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...