‘झम्के साँझमा’ नयाँ गीत सार्वजनिक

Raaj sigdel

विराटनगर । ‘ऊ जिते र गई या हारेर गइ’ का गायक राज सिग्देलको स्वरमा सजिएको नयाँ बजारमा आएको छ । ‘झम्के साँझमा’ बोलको सो गीत शुक्रबार युटुबमार्फत् बजारमा आएको हो ।

सोलो गीतमा स्रोताका मन जितेका गायक सिग्देलले बजारमा ल्याएको उक्त गीत नाँचौं-नाँचौं लाग्ने प्रकृतिको छ । प्रदीप पोख्रेलको शव्द रचना, राजेन्द्र बजगाईंको संगीत रहेको उक्त गीत पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पनि नृत्य पस्किएको छ । कमल सिंह र राजकुमारी श्रेष्ठको अभिनय एवं नृत्य रहेको उक्त भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।

यस्तै सुबोल थापाको कोरियोग्राफी तथा ज्ञानेन्द्र शर्माको छायांकनमा बनेको उक्त भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...