हास्यव्यंग्यकार इशाराले देशभर कमेडियन धुम मच्चाउने

Ganesh ishara

काठमाडौं । नेपाली हास्यव्यंग्यको क्षेत्रमा लामो समयदेखि लागेका गणेश इशाराले सुनसरीको धरानमा एकल कमेडी शो गर्ने भएका छन् । देशभरी एकल कमेडी शो गर्नेगरी उनले पुस १४ गते धरानबाट आफ्नो पहिलो कमेडी शो गर्ने भएका हुन् ।

समाजसेवी वीरमाया राई (सोभोमा) को जन्म जयन्तीको अवसरा पारेर पुस १४ मा सुरु हुनेछ । त्यसपछि उनले देशका प्रमुख शहरहरुमा एकल कमेडी शो गर्ने जनाएका छन् ।

इशाराले आफ्नो १४ वर्षसम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको जनाएका छन् । उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो गरेका थिए । उनले हालसम्म गरेका स्टेज शो भने अनगिन्ती छन् ।

देशव्यापी गरिने एकल कमेडी शोबाट उठेको रकमले समाजसेवी वीरमाया राई (सोभोमा) अक्षय कोष निर्माण गरिने उनी बताउँछन् । इशाराले समाजसेवी वीरमाया राईलाई आफ्नो प्रेरणाको मुख्य स्रोत मान्दै आएका छन् । इशारा र वीरमाया राई एउटै गाउँले हुन् ।

उनले यसअघि मुगु र रोल्पाबाहेकका सबै जिल्लामा स्टेजमा आफ्नो प्रस्तुती देखाइसकेका छन् । उनले पहिलोपटक दुर्गती नामक एल्वमबाट शेरबहादुर देउवा र माधबकुमार नेपालको आवाजलाई कपी गरेर हास्यव्यंग्य क्षेत्रमा आफ्नो आफ्नो कला प्रस्तुत गरेका थिए ।

त्यसपछि उनले ‘साँढेतन्त्र’ नामक गाइजात्रे एकल भिसिडी एल्वम निकाले भने ‘भद्रगोल डटकम, सदन हल र भट्टी पसल उस्तैउस्तै’ निकालेका थिए । उनले एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् भने निर्देशन गरेका छन् ।

उनी प्रतिभाशाली कमेडियन इशाराले यो पटक आफ्नो कलालाई एकल रुपमा प्रस्तुत गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...