कसको ‘मुटु’ बनिन् शिल्पा पोखरेल ? भिडियोसहित

Shilpa

विराटनगर । गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मुटु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेश पायल राईको आवाज रहेको तथा नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘मेरो मुटु’ बोलको गीत बिहीबार युटुबमार्फत् सार्वजनिक भएको हो ।

मञ्जुल मितेरीको शव्द रचना एवं संगीतमा बनेको सो गीतमा बादल लिम्बूले एरेन्ज गरेका छन् । माया र प्रेमका भावना समेटेर तयार पारिएको गीतको भिडियोपनि प्रेमील नै बनेको छ ।

गीतको भिडियोमा नायिका शिल्पालाई मोडल दीपक न्यौपानेले अपोजिट रोलमा रहेर साथ दिएका छन् । अर्जुन तिवारीको कोरियोग्राफीमा बनेको भिडियो निर्देशन गर्ने एवं सम्पादन गर्ने काम भने विज्ञान राईले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...