नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डकी दाबेदार

Miss nepal 2018 winners

काठमाडौं । मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडालाई मिस वर्ल्डको दाबेदारको रुपमा हेरिएको चर्चा हुन थालेको छ । उनीे मिस वर्ल्डका लागि अहिले चीनमा प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

श्रृंखलाले सबैलाई आफूप्रति आकर्षित गर्न सफल हुँदै नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु मात्रै गरेकी छैनन् उनले आफ्नो प्रभाव राम्रोसँग जमाएको बताइन्छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।

हालसम्मको अवस्थालाई हेर्दा उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

प्रतिकृया दिनुहोस