बालिका हत्यामा संलग्न २ अभियुक्त सार्वजनिक

Pakrau

गाईघाट । १३ वर्षिय बालिका एन्जिना खड्काको हत्यामा संलग्न २ अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-३ लाफागाउँमा बाख्रा चराउन गएकी बालिकाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् ।

प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका २ बालक १४ वर्षिय बहादुर राई (नामपरिबर्तन) र अर्का १७ वर्षिय बिपललाई बालिका हत्याका अभियोगमा ४ दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घर नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

एक्लै देखेर २ अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएकी थिईन् ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

अनुसन्धानमा प्रहरीले ६ जनालाई पक्राउ गरे पनि हत्यामा संलग्न २ जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरु नेपालको कानून अनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजाय बमोजिम कारवाही अगाडि बढाउने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...