सप्तरीको रुपनगरमा एकै दिन आधा दर्जन घरमा चोरी

Chor 1

सप्तरी (सिमरा) । कञ्चनरुप नगरपालिका - १२ रुपनगरको प्रगति टोलमा बुधबार राति आधा दर्जन घरमा चोरी भएको छ ।

छठ पर्वको मौका पारेर चोरले प्रगति टोलका सञ्चारकर्मी उत्तम आचार्यको घरमा २ हजार मूल्य बराबरको तिहारमा लगाइने बत्ती ४ थान, स्वीच बोर्ड १ थान, मल्टिप्लक १ थान, बिजुली बल्ब १ थान, सन्तोष आचार्यको ५ सय मूल्य बराबरको तिहारमा लगाइने बत्ती चोरी भएको छ ।

यस्तै सरस्वती निरौलाको ५ सय मूल्य बराबरको घरमा लगाएको बिजुलीको बल्ब, शम्भु दाहालको ५ सय मूल्य बराबरको बिजुलीको बल्ब, अडिमर्दन अलिको १० हजार बराबरको चाँदीको पाउजु, बाला र लुगासहितको बाकस चोरी भएको छ ।

माइत आएकी सीता पाण्डेको २५ हजार मूल्य बराबरको मोबाइल, दिपक श्रेष्ठको २ हजार मूल्य बराबरको परेवा र कृष्ण तिम्सिनाको १ हजार मूल्य बराबरको परेवा चोरले चोरेर लगेको स्थानीयले जानकारी दिए ।

एकैचोटि राति धेरै घरमा चोरी भएपछि स्थानीय त्रसित भएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले चोरी कसले गरेको खुल्न नसके पनि चोरहरुको खोजी भैरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...