गल्ती ढाकछोप गर्नका लागि प्रहरीलाई घुस अफर गर्ने २ पक्राउ

Aarest11

काठमाडौं । गाडी चालकले आफ्ना गल्ती ढाकछोप गर्नका लागि प्रहरीलाई १ हजार घुस अफर गरेको घटना सार्वजनिक भएको छ ।

प्रहरीले काठमाडौंको बुद्धनगरस्थित युएनपार्क नजिकबाट बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई घुसको अफर गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चेकजाँचमा रहेको प्रहरीले कागजात माग गर्दा ग्राभेल बोकेको गाडीले १ हजार घुस अफर गरेपछि त्यसका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरूलाई महानगरीय प्रहरी वृत्त, वानेश्वरमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...