नयाँ धरहरा निर्माण कार्य शुरु

Dharahara 415x300

काठमाडौं । भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ ।

धरहरा निर्माणका लागि खाल्डो खन्ने काम शुरु भएको छ । २ वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुनः निर्माणको जिम्मेवारी दिएको र भत्किएको पुरानो धरहराको अवशेषलाई पारदर्शी सिसाले ढाकेर संरक्षण गरिने बताए ।

निर्माण सामग्री र जग खन्दा निस्कने माटो सैनिक मञ्चमा राखिने भएको छ । यसका लागि नेपाली सेनासँग प्राधिकरणले सहमति लिएको छ ।

नयाँ बन्ने धरहरा भीमसेन थापाले बनाएको धरहराबराबरकै उचाइको हुनेछ । १९९० को भूकम्पअघि ११ तले धरहराको उचाइ ६९.२ मिटर थियो । अबको धरहरा यो उचाइमा गजुरसहित जोडेर ७९।२ मिटर हुने मानन्धरले बताए ।

उनका अनुसार बाहिरबाट ११ तला देखिने धरहरा भित्र भने २२ तलाको बन्नेछ । निर्माणमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग हुनेछ । अबको धरहरामा भर्याङसहित लिफ्टसमेत हुनेछ ।धरहरासँगै पार्क, सिक्का संग्रहालय, वाटर फाउन्टेन र रेस्टुरेन्टसमेत बन्ने छन् ।

यसका लागि ४२ रोपनी जग्गा व्यवस्थापन गर्न टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय स्थानान्तरणको प्रक्रिया शुरु भएको छ । धरहरासहितका सबै संरचना निर्माण गर्न जिआइइटिसी रमन जेभीले ३ अर्ब ४८ करोडमा ठेक्का लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...