ताला फुटाएर चोरी गर्ने पक्राउ

Pakrau

काठमाडौं । विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका-४ स्थायी घर भएका सुदिपलाई कार्तिक २६ गते काठमाडौंको मछिन्द्रबहालबाट पक्राउ गरिएको हो । उनले कार्तिक १० गते मखनमा रहेको मिनराज घिमिरेको कस्मेटीक पसलको टाला फुटाई १० लाख बराबरको सामान चोरेका थिए ।

त्यस्तै कार्तिक २६ गते बालकुमारीमा ३ वटा कस्मेटीक पसलबाट सामान चोरेका थिए । ट्याक्सी चालक सुदिपले रातको समयमा फलामे रडले सटरको ताला फुटाएर चोरी गर्दै आएका थिए ।

उनीमाथि ८ वटा भन्दा बढी सटर फुटाएको र ३० लाख भन्दा बढी रकमको सामान चोरी गरेको आरोप छ । कति रकम र सामान चोरी गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...