मुस्लिम दलितलाई पनि आरक्षणको माग

Raut 420x300

काठमाडौं । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग माग गरेका छन् ।

मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्रसमेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताए ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायको जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...