युवती र बालिकामाथि सामूहिक बलात्कार

7month balatkar

लहान । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका-२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका-२ की १५ वर्षिय बालिका र २० वर्षिय युवतीमाथि ७ युवकको समूहले सामूहिक बलात्कार गरेका थिए ।

पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको बताए ।

उक्त घटनामा संलग्न रहेका ३ जनाको नाम खुलेको र ४ जनाको नाम नखुलेको प्रहरीको भनाई छ ।

लहानका हरि चौधरीले मेरो बर्थ डे हो बर्थ डे पार्टीमा आउनुपर्यो भनी बोलाएको र उनको घरमा पुगेका बेला आफूहरुमाथि सामूहिक बलात्कार भएको पीडित युवतीको बयान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...