१८ करोडमा बिक्री हुने विवाहको तस्बिर

Priyanka yqmgeyuali

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ ।

पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ । चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयरका अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्राष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात् १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको छ ।

खबरका अनुसार यो हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्नका लागि प्रकाशकहरु समावेश भएका थिए । मिडिया रिपोर्टले जनाए अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशन गर्ने म्यागजिनको नाम खुलाइएको छैन ।

उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने तय भएको छ । विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...