देउसी खेल्न हिँडेकी किशोरी बलात्कृत, एकजना पक्राउ

Balika balatkrit

उदयपुर । देउसी-भैलो खेल्न हिँडेकी १७ वर्षीया किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर-९ सयपत्री टोल बस्ने वर्ष २० का प्रेम राया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

रायाले गएको २२ गते आफन्तको घरमा लगेर किशोरीलाई बन्धक बनाएर रातभरी बलात्कार गरेको आरोप छ । उनलाई यही आरोपमा प्रहरीले गएको २३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटले बताएका छन् ।

बन्धक बनाइएकी किशोरीलाई ज्यान मार्ने धम्की दिँदै पटक-पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी पीडितका आफन्तहरुले शनिबार जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् । पक्राउ परेका रायालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...